Tuesday, 18th August, 2026
वि.स.

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित

पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्य सर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३ पौष विहान करिब १ बजे तिर भएको सहमती अनुसार अमात्य अध्यक्षमा निर्वाचित भए । वर्ष २०१८ को अध्यक्ष पदका लागि कुमार नेगी र सुभाष गोपालीले पनि उमेद्वारी दिएका थिए । 

पालुङ जेसीज वर्ष २०१८ का लागि कार्यकारी उपाध्यक्षमा उद्धव विडारी र मनोज रायमाझी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा अनित विष्ट, रामकाजी महर्जन, नवराज लामा र सविन विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत शिवकुमार खत्रीले जानकारी दिए । 

वर्ष २०१८ का लागि निर्वाचित अध्यक्ष अमात्य पालुङ जेसीजको वर्ष २०१० मा कार्यक्रम संयोजक, वर्ष २०११ मा उपाध्यक्ष, वर्ष २०१२ मा मनोरञ्जन संयोजक, वर्ष २०१३ मा शाखा सम्पादक, वर्ष २०१४ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१५ मा महासचिव र २०१६ मा कानुनी सल्लाहकार भइसकेका छन् । उनी पालुङ जेसीजका लागि अनुभवी र क्षमतावान व्यक्ति हुन् । त्यस्तै उनी ल्यामपुँचको समितिको सचिव, रक्तदाता स्वंयमसेवि समाजको जिल्ला कमिटि कोषध्यक्ष, राष्ट्रिय जनसंगीत मञ्च मकवानपुर जिल्ला कमिटि सचिव हुन् । 

पालुङ जेसिज वर्ष २०१८ का लागि निर्वाचित सम्पूर्ण पदाअधिकारीहरुको सफलताको कामना सहित विकासखबर डटकम हार्दिक बधाई ज्ञापन गर्दछ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif