Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङमा १५ कठ्ठा क्षेत्रफलमा भाङको बोट नष्ट गरियो 

थाहा नगरपालिकाको पालुङ क्षेत्रमा रहेको भाङको बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवानको नेतृत्वमा गएको टोलीले भाङको बोट फाँडेको हो । प्रहरीले १५ कठ्ठा क्षेत्रफलमा रहेको भाङका बोट फडानी गरेको जनाएको छ ।

भाङ पनि लागू औषध अन्तर्गत पर्ने भएकोले यसको बोटलाई नष्ट गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख पासवानले जानकारी दिए ।

पालुङ क्षेत्रसहित भाङ तथा गाँजा फडानी कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने प्रहरीले जनाएको छ ।

फोटाे साैजन्यः इलाका प्रहरी कार्यालय पालुङ