Saturday, 22nd August, 2026
वि.स.

पाथिभरा सहकारीमा अध्यक्षका लागि ४ जनाको उमेद्वारी

थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथिभरा बचत तथा ऋण सहकारीको अध्यक्ष पदका लागि चार जनाको उमेद्वारी परेको छ । 

अध्यक्ष पदका लागि भर्खरै पदावधि सकिएका अर्जुन बहादुर कार्की सहित जीवन कुमार बस्नेत, गोविन्द बहादुर कार्की र गोकर्ण वरुवालको उमेद्वारी परेको हो । ११ असोजमा भैरहेको सहकारीको निर्वाचन कार्यक्रम अन्तर्गत उपाध्यक्षमा रामकुमार कार्की, सचिव भुपेन्द्र हमाल र सहसचिव मिना थापा सर्वसम्मत भैसकेका छन् । 

त्यसैगरी कोषाध्यक्ष पदका लागि देवकृष्ण श्रेष्ठ, नवराज कार्की र सुर्य बहादुर थापाको उमेद्वारी परेको छ भने दलेखा समिति संयोजकका लागि राधाकृष्ण विष्ट र मनोज कार्कीको उमेदुवारी परेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif