Saturday, 15th August, 2026
वि.स.

पाँचौ विनयबाबु भलिवल शुरु, कसले जित्ला रु. ५१०५१?

312170951_184498614250896-1666535413.jpg

थाहा नगरपालिकाकाे फाँटबजारमा पाँचौ विनयबाबु स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिवल प्रतियाेगिता ६ कात्तिकमा  शुरु भएकाे छ  । थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले एक समारोहबीच प्रतियोगिताकाे उद्घाटन गरे ।

उद्घाटनमा विष्टले थाहानगर खेलाडी उत्पादन गर्ने थलोको रुपमा रहेकोले यहाँबाट जिल्लास्तरीय मात्र नभई  प्रदेश र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताको खाँचो रहेको बताए ।

उनले खेलाडी उत्पादन र प्रतियोगिता संचालन गर्नको लागि  थाहा नगरपालिकाले एकद्वार प्रणालीमार्फत् खेलकुद बिकास समिति नै बनाएर नगरको खेल विकासमा लाग्न तयारी गरेको उल्लेख गरे ।

विनय बाबु स्मृति प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगर वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान, वडा सदस्यहरु युवराज बिष्ट, रितु कार्की, श्रीजना बिक, प्रतिस्ठानका संस्थापक बिजयबाबु बस्नेत, विनयबाबुका पिता बिष्णुबहादुर बस्नेत, समाजसेवी श्यामभक्त श्रेष्ठ , जिल्ला रेडक्रसका कोषाध्यक्ष हरिकृष्ण कार्की, नेकपा एसका नगर उपाध्यक्ष सूर्य तामाङ, नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली, समाजसेवी गोबिन्द कार्की, उद्दव राना मगर, रामशरण थापा, निर्णायकहरु विजय कृष्ण वादे, मनोज लामा, श्रीहरी कार्की, सहभागी क्लवका प्रमुखहरु, खेलाडी तथा खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा १६ वटा टीमले सहभागिता जनाएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । कार्तिक ८ गते प्रतियोगिता समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार ५१ रुपैयाँ, द्वितीयलाई २६ हजार २६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने आयाेजकले जनाएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif