Friday, 21st August, 2026
वि.स.

पाँचबर्षभित्र मनहरीका सबै बाटोहरु व्यवस्थित हुन्छः उप्रेती

चुनावको बेला विकासे ललिपप बाँड्दै आउने उम्मेदवारहरुको भर नपर्न नेकपा एमाले ३ नं प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले बताएका छन् । 
मनहरी गाउँपालिकाको रमन्टारमा आयोजित टोलस्तरीय भेलालाई सम्बोधन गर्दै उप्रेतीले जो जसले चुनाबको बेला आश्वासन बाँडे पनि अबको पाँचबर्षभित्रमा समृद्ध मनहरी गाउँपालिका निर्माणको जिम्मेवारी आफ्नो भएको बताए । उनले चुनावका बेला मिठा मिठा कुरा गर्नेहरुको विश्वास गरेर भ्रममा नपर्न सबैलाई आग्रह गरे । स्थानीय सरकार बामपन्थीको बनिसकेको भन्दै उनले अब प्रदेश र केन्द्रीय सरकार पनि बामपन्थीकै बन्ने दाबी गर्दै उप्रेतीले अबको स्थायी सरकारले समृद्ध नेपाल निर्माण गर्ने बताए । काँग्रेसको भ्रमबाट जनता आजित भएकाले भरमा नपर्न उनले आग्रह गरे । 

नेकपा एमालेका चन्द्रबहादुर ठकुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता बिमला घलान, खुसीलाल मुक्तान, एमालेका मनिला बिष्ट, नवराज सुवेदी, भुमिनन्द अर्याल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । उमेश राइले सञ्चालन गरेको कार्यक्रमा राजेश लामाले स्वागत गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif