nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पहिरोले पुरीएर युवकको ज्यान गयो

Death-1485671830.jpg

मकवानपुर भीमफेदी गाविस वडा नम्बर ३ पानीघाटमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । 

राती गएको पहिरो करीब ५ सय मीटर माथी पाखाबाट घरमाथी झरेको ढुङ्गाले सुतीरहेका स्थानीय दुर्गा बहादुर थोकरको छोरा आइते भनिने बरुण थोकरको मृत्यू भएको हो । उक्त पहिरो गएको स्थान २०७२ को बिनासकारी भुकम्पले मानब बसोबास गर्न उपयुक्त नभएको बताइएको थियो, तर सूचिकृत गरीएको छैन ।

भूकम्प जाँदा मानवबस्ति सार्न पीडीतको लागी भीमफेदी–४ स्थित हात्तीसार मा नेपाली सेनाले अस्थायी आवास बनाइदिएको भएपनि प्रयोग बिहीन छ । सम्बन्धित निकायले जोखिममा बसेका बासिन्दालाई अन्यत्र स्थानान्तरण नगरेमा अझ ठुलो मानवीय क्षती व्यहोर्नुपर्ने स्थानीयहरुको भनाई छ ।

-सुरेन्द्र राज थिके/भीमफेदी
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)