Monday, 17th August, 2026
वि.स.

पहिरोले पुरीएर युवकको ज्यान गयो

Death-1485671830.jpg

मकवानपुर भीमफेदी गाविस वडा नम्बर ३ पानीघाटमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । 

राती गएको पहिरो करीब ५ सय मीटर माथी पाखाबाट घरमाथी झरेको ढुङ्गाले सुतीरहेका स्थानीय दुर्गा बहादुर थोकरको छोरा आइते भनिने बरुण थोकरको मृत्यू भएको हो । उक्त पहिरो गएको स्थान २०७२ को बिनासकारी भुकम्पले मानब बसोबास गर्न उपयुक्त नभएको बताइएको थियो, तर सूचिकृत गरीएको छैन ।

भूकम्प जाँदा मानवबस्ति सार्न पीडीतको लागी भीमफेदी–४ स्थित हात्तीसार मा नेपाली सेनाले अस्थायी आवास बनाइदिएको भएपनि प्रयोग बिहीन छ । सम्बन्धित निकायले जोखिममा बसेका बासिन्दालाई अन्यत्र स्थानान्तरण नगरेमा अझ ठुलो मानवीय क्षती व्यहोर्नुपर्ने स्थानीयहरुको भनाई छ ।

-सुरेन्द्र राज थिके/भीमफेदी
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif