Thursday, 2nd July, 2026
वि.स.

पत्रकार ढकालको सम्झनामा शोक सभा, मनोहर स्मृति पुरस्कारको घोषणा

सञ्चारकर्मी मनोहर ढकालको १३ दिनको पुण्यतिथिको अवसरमा उनको जन्मथलो थाहानगरमा शोकसभा गरिएको छ । उनले संचार यात्रा शुरु गरेका सामुदायिक रेडियो पालुङको आयोजनामा शोक सभा भएको हो । थानाबजार स्थित  बहुउद्देश्यीय सहकारी संथाको सभाहल शोक सभा गरिएको हो । साभामा ‘मनोहर स्मृति पुरस्कार’ घोषणा गरिएको छ । एकजना शिक्षक र एक जना पत्रकारलाई वार्षिक रुपमा प्रदान गर्ने गरी रेडियो पालुङ, रेडियो शक्ति र रेडियो अनमोल एफएमले संयुक्त रुपमा अक्षय कोषको स्थापना गरी पुरस्कार प्रदान गरिने रेडियो पालुङका स्टेशन मेनेजर ध्र्रुव राज ढकालले जानकारी दिए । 

हेटौंडाको भैरब डाँडामा २५ पुसमा हत्या गरिएका पत्रकार ढकालको सम्झनामा आयोजित शोक सभा रेडियो पालुङका सचिव विष्णुहरि ढकालको सभाध्यक्षतामा भएको थियो  । सभामा पत्रकार तथा थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सहकोषाध्यक्ष हरिकृष्ण कार्की, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, रेडियो दामनका स्टेशन मेनेजर इच्छापूर्ण कार्की तथा थाहानगरका सञ्चारकर्मी, सहकारीकर्मी, शिक्षक, बुद्धिजीवी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो । 

शोक सभामा पुगेकाहरुले हत्यामा संलग्नहरुको बयानका आधारमा थप अनुसन्धान गरी हत्याको रहस्य पत्ता लगाउनुपर्ने धारणा राखे । उनीहरुले दोषी माथि हदैसम्मको कारबाही हुनुपर्नेमा प्रशासनको ध्यानाकर्षण गराएका छन् । यसका लागि चौतफी खबरदारीको आवश्यकता रहेको बताइएको थियो । 

पत्रकार तथा शिक्षक ढकालको हत्यामा संलग्न दुईजनासहित सामाग्री खरिद गर्ने दुई गरी चारजनालाई ५ माघमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०