Tuesday, 18th August, 2026
वि.स.

न्यानो कपडा र शैक्षिक सामाग्री लिएर वडा अध्यक्ष स्कूलमै पुगे

थाहा नगरपालिकाको वडा नम्बर ११ र १२ टिष्टुङका बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । टिष्टुङका दुई वटा वडाका १५ प्रारम्भिक बाल विकास केन्द्रका २ सय बालबालिकालाई सामाग्री वितरण गरिएको हो । 

साविक टिष्टुङको बाल संरक्षण समितिको सहयोगमा २३ पौषमा बालबालिकाहरुलाई स्वीटरसहितको सामाग्री वितरण गरिएको ११ नम्बर वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । बालबालिकाहरुलाई विद्यालयमै पुगेर ११ नम्बर वडा अध्यक्ष बल र १२ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तानले सामाग्री वितरण गरेका थिए ।

विद्यालय र विद्यार्थीलाई सहयोग गर्न विद्यालय पुगेका वडा अध्यक्ष तथा अतिथीहरुलाई विद्यालयले माला लगाएर स्वागत गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif