nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको अध्यक्षमा आचार्य निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन, मकवानपुरको अध्यक्षमा सहदेव आचार्य निर्वाचित भएका छन् । २७ कात्तिकमा हेटौँडामा भएको १० औँ जिल्ला अधिवेशनले आचार्य निर्वाचित भएका हुन् ।

संगठनको उपाध्यक्षमा उपाध्यक्षमा याविन्द्र पौडेल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा जयप्रकाश घिमिरे तथा कोषाध्यक्षमा केशवकुमार अधिकरी निर्वाचित भएका छन् । 

समिति सदस्यहरुमा राज शाही, केदार देवकोटा, यमकुमार घिमिरे, ठाकुराम भण्डारी, राजेन्द्र रुपाखेती, कान्तिराज मैनाली, नेश्मा पौडेल विडारी, सम्झना सम्झना शाही, सर्मिला नेपाल, जानकी ढुङ्गाना, प्रतिमा सापकोटा, जनक श्रेष्ठ तथा चन्द्रेश्वर शाह रहेका छन् । 

आधिकारीक ट्रेड युनियन अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले मकवानपुरकी अध्यक्ष मुनु  सिग्देल, सचिव एकालाल श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।