nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाली सेना द्धारा पर्यटक क्षेत्र नगरकोटको सरसफाई

ffffffffffff-1485323101.jpg

नेपाली सेना द्धारा पर्यटक क्षेत्र नगरकोटको सरसफाई -सन्तोष ढुंगाना भक्तपूर । नगरकोटमा मंलबार नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेजले वाताबरण, सरसफाई धार्मिक क्षेत्र मठ, मन्दिर जिल्लामा सेनाको एक टुक्कडिले सफाई अभियान सूचारु गरेको छ । रहेका विभिन्न पर्यटक क्षेत्रहरु आय स्रोतका साधन भएकाले यस्ता स्रोतहरु जिर्णोदार बन्दै गएपछि सफाई अभियान सूचारु गरिएको हो । सूरक्षा निकायका अभिन्न अंग मानिएका संघ, संस्थाहरु नेपाली सेना,नेपाल प्रहरी,स्थानिय बासिन्दा, ,स्थानिय विद्यालयका शिक्षक,विद्यार्थी, नगरकोट पर्यटक तथा संरक्षण सम्र्वदन समिति, होटल व्यबसायी संघ आदिको सरसफाई अभियानमा उपस्थित थियो ।

‘हाम्रो पर्यटक क्षेत्र नगरकोट,राम्रो नगरकोट’,’स्वास्थ नै धन हो,संरक्षण नै हाम्रो अमूल्य सम्पति’ हो । लगाएतका विभिन्न नाराका साथ सरसफाई अभियान सम्पन्न भएको थियो । उक्त कायक्रममा विभिन्न स्थानमा छरीरहेका यत्रतत्र फोहोरहरु संकालन गरी निश्चित स्थानमा व्यबस्थापन गर्ने कार्य नेपाली सेनाले गरेको थियो । भक्तपूर जिल्लाको नगरकोट नगरपालीका ६,८ स्थित बाट नगरकोट टावर आसपासका क्षेत्रहरुमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । उक्त नगरकोट क्षेत्र पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय पदयात्रा मार्ग फोहोर र दूरगन्धित बन्न थालेको कारण सरसफाई गरीएको नेपाली सेना श्री सैनिक वार कलेजका सेनानी राज कूमार थापा मगर ले जानाकारी दिए ।

“पदयात्रा मार्गलाई प्रदूषित बन्न नदिन,पर्यटक क्षेत्र सून्दर र सफा बनाउने,फोहोर संकालन गरी व्यबस्थापन गर्ने जस्ता कार्यहरु गर्दै आएका छौ र वाताबरणीय सन्तूलन राख्न वाताबरण सरसफाईको अति नै महत्व रहेको बताए । वाताबरण संरक्षण तथा पर्यटन प्रबधन टेवामा नेपाली सेनाले अझै अभियान निरन्तर गदै जाने उनले बताए ।

-सन्तोष ढुंगाना



ँाा-1485323101.jpg






Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg