Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

निर्वाचित जनप्रतिनीधिलाई तालीम दिइने

स्थानीय तहमा निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ ।

स्थानीय विकास, कानुन तथा योजना निर्माणमा विशेषज्ञता कायम गरेका जनशक्तिले १२ वटा समूहमा कक्षा लिनेगरी पाठ्यक्रम विकास गरिएको छ । 
प्रदेश नं ३ का लागि काठमाडौँ, प्रदेश नं ४ का लागि पोखरा र प्रदेश नं ६ का लागि सुर्खेतमा सो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ ।
बन्न लागेको स्थानीय शासन ऐनले परिकल्पना गरेका विषयमा जनप्रतिनिधिलाई जानकारी गराएर सशक्त रुपमा स्थानीय क्षेत्रको विकासमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा २८३ नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखका साथै त्यहाँ कार्यरत २८३ कार्यकारी अधिकृत गरी ८४९ जनालाई तालिम दिइने छ ।