nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नाटककार मल्ललाई गोपालप्रसाद रिमाल स्मृति सम्मान

नाटककार अशेष मल्ललाई गोपालप्रसाद रिमाल स्मृति सम्मान–२०७४ प्रदान गरिएको छ । मल्ल नाटकलाई सरल प्रस्तुतीको माध्यमको रुपमा सडक नाटकको आरम्भ गराउने व्यक्ति हुन् ।

मकवानपुरमा रहेर नाटक कलाको क्षेत्रमा योगदान गरेको भन्दै उज्वल शर्मा भण्डारीलाई शान्तिदेवी स्मृति वनस्खण्डी सम्मान प्रदान गरिएको छ । साहित्य संगम मकवानपुरले २७ जेठमा हेटौंडामा एक समारोहकाबीच नाटककार गोपालप्रसाद रिमालको शत्वार्षिकीको सन्दर्भमा मल्ललाई २० हजार रुपैयाँ र भण्डारीलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

पूर्वि नेपालमा रहेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार जशराज किराँतीले मल्ल र भण्डारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । 
मल्ललाई सम्मान गर्नुअघि हेटौंडाको वनस्खण्डीदेवी मन्दिर परिसरमा नाटककार गोपालप्रसाद रिमालको प्रतिमामा माल्यार्पण गरिएको थियो ।