Thursday, 2nd July, 2026
वि.स.

नयाँ बर्षको अवसरमा कृषक समुहको शुभकामना आदानप्रदान सहित बनभोज कार्यक्रम

30706939_2040784082808754-1523872084.jpg

नयाँ बर्ष २०७५ को अवसरमा शुभकामना आदानप्रदान गर्दै पाल्वँ कृषक समुहले शुक्रबार बनभोज तथा पिकनिक कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बर्षको अवसरमा २०७४ सालको बिदाइ गर्दै सधै खेती किसानीमा ब्यस्त हुने पाल्वँ कृषक समुहका किसानहरुले शुभकामना आदानप्रदान सङ्गै खुशी सातासात गरि बनभोज कार्यक्रम गरेको हो । थाहा नगरपालिका २ पालुङमा बि.स. २०६० सालमा स्थापना भएको कृषक समुहले स्थापनाको समय देखी नै हरेक नया बर्षमा बनभोज कार्यक्रम गर्ने गरेको समुहका अध्यक्ष मधुकर बिक्रम श्रेष्ठले बताए ।

किसान पेसामा लागिरहेका शम्भु राज नापित भन्छन“ यतिकै हल्लिएर हिड्नु भन्दा किसानी गर्नु नै एकदम राम्रो काम हो भन्नेलाग्छ ।“ अर्की सदस्य रिना बलामी भन्छिन ३ रोपनी जग्गाबाट साढे २ लाखको तरकारी बेच्ने गरेको छु, अन्य पेसा भन्दा किसानी पेसा निक्कै नै मनपर्छ, खेतबारीमा धेरै नै खट्ने गर्छु, खेती किसानीमा खट्ने हो भने बिदेश नै जानु पर्दैन ।
२० जना अग्रज तथा मेहनती किसानहरुको समुहले किसानहरुको लागी सामाजिक कार्य, बिउ आलु उत्पादन, कृषकहरूको बिउ आलु सङ्कलन गरि कोल्डस्टोर गर्न पठाउने, ल्याएर सहुलियत दरमा बितरण गर्ने, र थोरै रकमको लागी कतै धाउन नपरोस भनी हितकोष जम्मा गरि लगानी गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको समुहका अध्यक्ष श्रेष्ठले बताए ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।