Wednesday, 19th August, 2026
वि.स.

नगर प्रमुख विष्टले दशै घरमा टीका लगाए

मकवानपुर थाहानगरको दशै घरमा विजया दशमीको अवसरमा टीका लगाउने कार्यक्रम भएको छ । नगर प्रमुख लवशेर विष्टले विजयादशीको विहान दशै घरमै पुगेर ब्राम्हणद्वारा टीका लगाएका छन् । नगर प्रमुख विष्टले दशै घरमा टीका लगाएपछि आफ्ना मान्यजनहरबाट टीका लगाएका हुन् ।

दशै घरमा पुगेर सबै भन्दा पहिले जमिनदारहरुले टीका लगाउने र त्यसपछि अरु नागरिकहरुले टीका लगाउने पुरानो परम्परा रहेको स्थानीय निरोज प्रधानले बताए ।

‘दशै घरमा राजसापले टीका लगाएपछि गाउँहरुले लगाउँथे यो पुरानो परम्परा हो’–एक स्थानीय ज्येष्ठ नागरिकले भने । पालुङको दशै घरमा घटस्थापना देखि नै विधिवत् पुजा गरी विजया दशमीको दिन सामूहिक टीका लगाइएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif