Sunday, 16th August, 2026
वि.स.

ध्यानबाटै मुक्ति मिल्नेः श्री ओसो सिद्धार्थ

ओसोधाराका प्रमुख आचार्य सतगुरु श्रीओसो सिद्धार्थले मुक्ती मृत्युपछि नभई यहि जीवनकालमा हुने बताएकाछन् । उनले मानिसहरुमा मुक्ति मृत्युपछि मात्र पाइन्छ भन्ने गलत धारणा रहेको बताउँदै मुक्तिको मार्ग जीवन छँदै प्राप्त हुने बताए । ओशोधारा शंकराचार्य पिठ हेटौँडामा भएको कार्यक्रमा बोल्दै श्रीओसो शिद्धार्थले ध्यानले आत्मालाई चिन्न सघाउँने र आत्मा सन्तुष्ट भए आजै मुक्ति मिल्ने दाबी गरे । 
ओशोधारा शंकराचार्य पिठका प्रमुख आचार्य शकर ढकालको संयोजकत्वमा भएको कार्यक्रममा आचार्य श्री मैत्रय, आचार्य श्री बासुदेव, मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । सो अवसरमा ओसो साधनाको सामिप्यता चाहाने २५ जनाले श्रीओसो सिद्धार्थबाट माला दिक्षा ग्रहण गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०