Sunday, 5th July, 2026
वि.स.

धुलिखेल अस्पतालका तीन स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना पुष्टि

corona-1-1598421100.jpg

धुलिखेल अस्पतालका तीन स्वास्थ्यकर्मी सहित काभ्रेमा १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

काभ्रेका विभिन्न स्थानमा गरि १७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले बताए। 

योसँगै काभ्रेमा सङ्क्रमितको सङ्ख्या एक सय ६२ पुगेको छ।तीमध्ये ६३ जना निको भएका छन्। अहिले ९७ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उकापचाररत रहेको जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०