Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

धार्मिक महोत्सवमा पाँच करोड संकलन गर्ने लक्ष

थाहा नगरपालिकामा रहेको बज्रवारही उच्च माविलाई नमुना सामुदायिक विद्यालय तथा बहुमसुखि क्याम्पस सञ्चालनका लागि ‘मकवानपुर थाहा बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सव-२०७३’ हुने भएको छ । महोत्सव आउँदो  पौष १५ बाट २२ गतेसम्म बज्रवाराही उच्च माविको प्राङ्गणमा हुने जानकारी दिइएको छ । हेटौंडामा पत्रकार सम्मेलन गरी महोत्सव मूल आयोजक समितिले यस्तो जानकारी गराएको हो । 

मुल आयोजक समिति अध्यक्ष महेश्वर सुवेदीले महोत्सवको उदेश्य बज्रबारही उच्च माविलाई देशकै नमुना उच्च मावि बनाउने र सोहि विद्यालयमा बहुमुखि क्याम्पस सञ्चालनर्थ सहयोगको लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । धार्मिक महोत्सवबाट विद्यालयका लागि ५ करोड संकलन गर्ने लक्ष राखिएको मुल आयोजक समितिका अध्यक्ष सुवेदीले बताए । 

विद्यालयको अत्याधुनिक सुविधासम्पन्न भवन निर्माणको लागि आयोजना गर्न लागेको महोत्सवमा गोविन्द शरण महाराज तथा मिरादेबीले प्रबचन गर्ने प्रचार प्रसार संयोजक निराजन गोपालीले जानकारी दिए । पत्रकार सम्मेलनमा मूल आयोजक समतिका उपाध्यक्ष राजेन्द्र बिडारी, महासचिव केदारबहादुर जोशी, बज्रवाराही उच्च मावि व्यवस्थापन समितिकी अध्यक्ष सुमित्रा विडारी, एमालेका चित्रबहादुर बलामी, कांग्रेसका योगेन्द्रमान श्रेष्ठ, माओवादी केन्द्रका विष्णु गोपाली, नयाँ शक्तिका इन्द्रबहादुर श्रेष्ठ, राप्रपाका अर्जुन केसीलगाएतको उपस्थिती रहेको थियो ।