Saturday, 27th July, 2024
वि.स.

धरानमा सामान्य बिवाद हुँदा घाँटी रेटेर साथीको हत्या

धरान / धरान ५ मा डेरा गरेर बस्ने विकु भनिने विकास राजवंशी धरान १५ स्थित चुम्लुङहिमपरिसरको पूर्वतर्फको खेतमा मृत भेटिएका छन् । राजवंशीको धारीलो हतियार प्रयोग गरी हत्या गरेको आशंकामा चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

अनुसन्धानमा बाधा पर्ने भन्दै उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । राजवंशीको साथीहरुबाटै हत्या भएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

शुक्रबार र शनिबार बिहानसम्म उनीहरुले सँगै बसेर लागुऔषध सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।