Thursday, 20th August, 2026
वि.स.

देउसीभैलोको रकमबाट दामनमा सामाजिक कार्य गरिने

थाहानगरको पर्यटकीय क्षेत्र दामनमा रहेको दामन बजार व्यवस्थापन समितिको आयोजनामा देउसी भैलो खेलेर संकलित रकमबाट सामाजिक कार्य गरिने भएको छ । देउसीभैलोबाट संकलित ४० हजारबाट पर्यटकीय क्षेत्र दामनमा सामाजिक कार्य गर्ने गर्ने एभरेष्ट युवा विकास क्लब दामनका महासचिव दावा शेर्पाले जानकारी दिए । उनले भने–संकलित केही रकमबाट सामुहिक बनभोज र सामाजिक काममा खर्चिने छौं ।’

२३ कार्तिक साँझबाट थाहा–४ का वडा अध्यक्ष दीपकसिंह लामाको घरबाट शुरु भएको सामुहिक देउसी भैलो छिमेकीहरुलाई समेत पायक पर्ने साझा स्थानमा समेत खेलिएको थियो । दामन र सिमभन्ज्याङ क्षेत्रमा खेलिएको देउसी भैलो कार्यक्रममा सहभागी हुन आयोजक बजार व्यवस्थापन समिति र एभरेष्ट युवा विकास क्लबले पत्राचार गरी निमन्त्रणा गरेको थियो । 

दामन बजारमा आयोजित सामूहिक देउसी भैलो कार्यक्रममा लोकदोहोरी गीत, आधुनिक गीतलगायत चर्चित गित गायन तथा नृत्य सहितको मनोरञ्जनात्मक कार्यक्रम भएको थियो । सो अवसरमा लोक तथा दोहोरी गीतमा सप्तरत्न मानन्धर र उनका साथीहरुको प्रस्तति रहेको थियो भने मानन्धरको हार्मोनियम बजाएका थिए, पासाङ शेर्पाको टुङ्नाको र थाल नाचको एकल प्रस्तुती थियो । कार्यक्रममा स्थानीय बालबालिकादेखि प्रौढसम्मको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif