Monday, 17th August, 2026
वि.स.

दूर्व्यशनी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

lagu-aushadh-1477560991.jpg

हेटौंडा–१७ चुरियामाईमा लागूऔषध दूर्व्यशनी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएकोछ । स्ट्रोम फाउन्डेसन नेपाल र सहास नेपाल मकवानपुरको आर्थिक सहयोगमा स्मृति स्वावलम्बन समुह र श्री शक्तिश्वरी युवा क्लबले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक अबिनाश अधिकारीको बिशिस्ट आतिथ्यता र स्मृति स्वावलम्बन समुहकी अध्यक्ष निर्मला भोलनको सभाध्यक्षतामा कार्यक्रम भएको शक्तिश्वरी युवा क्लबका सचिब कुमार रुम्बाले बताए । 

कार्यक्रममा स्मृति स्वाबलम्बन समुहका सचिव वीरमाया दोङले स्वागत गर्नुका साथै सहास नेपाल मकवानपुरकी सामाजिक परिचालक गौरी घलानले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन् । 

कार्यक्रममा सर्बदलिय प्रतिनिधिहरु, पत्रकारहरु, सुरक्षाकर्मिहरु स्थानीय सघ सस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेकोे थियो ।
गोष्ठीमा सहभागीहरुले लागु औषध दूर्व्यशनी न्यूनीकरणको सबालमा सबैको कार्यगत एकता हुनुपर्ने र यस्का लागि प्रत्येक परिवार र ब्यक्तिबाट सुधारको प्रयास हुनुपर्नेमा जोड दिएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif