Thursday, 20th August, 2026
वि.स.

दामन घुमफिर वर्ष २०७५ को सन्देश दिन थाहानगरका युवा पश्चिम नेपालमा

tour-1541987360.jpg

प्रदेश ३ सरकार र स्थानीय सरकार थाहा नगरपालिकाले घोषणा गरेको ‘दामन घुमफिर वर्ष २०७५’ को सन्देश लिएर एक टोली प्रदेश–३, ४, ५ र ६ का विभिन्न पर्यटकीय गन्तव्यका लागि यात्रामा निश्केका छन् । २५ कार्तिक विहान थाहानगरबाट यात्रा थालिएको हो । 

करिब एकसाताको लागि तय गरिएको यात्रामा ‘दामन घुमफिर वर्ष २०७५’ को प्रचार प्रसार गरिने टोलस्का संयोजक गणेश विष्टले जानकारी दिए । थाहानगरको पर्यटकीय क्षेत्रको फोटो सहितको ब्यानर लिएर प्रचारमा हिडेका टोलीमा ८ जना सहभागी छन् । 

टोलीले थाहानगर र ‘दामन घुमफिर वर्ष २०७५’ को विषयमा लुम्बनी, सुर्खेत, जुम्ला, कालिकोट, र मुगुको रारा क्षेत्रका स्थानीय सरकार प्रमुख तथा प्रतिनीधिहरुसंग छलफल गर्ने संयोजक विष्टले जानकारी दिए । टोलीमा संयोजक विष्ट सहित दशरथ बस्नेत, रोशन गोपाली, रवीजंग खड्का, सुमन रायमाझी, कविराज विष्ट, आशिष खड्का र मनिष अधिकारी छन् । टोली पहिलो दिन बाँकेको कोहलपुर पुगेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif