Thursday, 20th August, 2026
वि.स.

दशैमा भूपू विद्यार्थीबाट विद्यालय पोशाक सहयोग

थाहा नगरपालिका वडा नं. ७ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि विद्यालय पोशाक वितरण गरिएको छ । विजया दशमीको शुभकामना आर्दान प्रदान कार्यक्रमको अवसरमा २३ असोजमा विद्यार्थीहरुका लागि पोशाक वितरण गरिएको हो ।

विद्यालयका भूतपूर्व विद्याथीहरु जयराम खत्रीले ३० जोर, दिनेश कार्कीले २० जोर र सुजन खत्रीले १० विद्यालय पोशाक सहयोग गरेका थिए । विद्यालयमा प्राप्त पोशाकहरुलाई एक समारोकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लोले वितरण गरेको सहायक प्रधानाध्यापक बिनोद अर्यालले जानकारी दिए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif