Wednesday, 19th August, 2026
वि.स.

दशैंतिहारमा चियापान कार्यक्रम आयोजना नगर्नूः आयोग

Election-1505955453.jpg

निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक लगाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले चियापान कार्यक्रम वा भोजभतेर गर्न रोक लगाएको हो ।

चियापान समारोह तथा भोज भतेरले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने निर्वाचन आयोगको ठहर छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सार्वजनिक रूपमा सार्वजनिक स्थानमा यस प्रकारका चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नरगराउन सम्बन्धित सबैलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए । आयोगले राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई यस निर्णयबारे जानकारी गराएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif