Monday, 17th August, 2026
वि.स.

दलित उत्थान उपभोक्ता समुहको पांचौ साधारण सभा 

मकवानपुर भीमफेदी गाउँ बिकास समितिमा रहेका दलित उत्थान उपभोक्ता समुहको पांचौ साधारण सभा सम्पन्न भएको छ । संस्थाका सदश्य शान्ता बि.क.ले सचालन गरेको कार्यक्रममा गाउं बिकास समितिका सामाजीक परीचालीका इच्छा मोक्तानको प्रमुख आतीथ्य तथा सुर्य बिश्वकर्माको सभाअध्यक्षतामा भएको हो । 

कार्यक्रममा अपाङ्ग सरोकार समितिका उपाध्यक्ष पम्फा योञ्जन, खानपानी सिंचाइ वडा अध्यक्ष मणीक लामा, सञ्चारकर्मी सुरेन्द्र थीके, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष मङ्गला देवी श्रेष्ठ, महिला जागृति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रीता आले, चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी सहसचिब सरस्वती राजबहाकको उपस्थित रहेको थियो । समुहका कोष अध्यक्ष बन्दना बसेलले आ.ब. ०७२÷०७३को बार्षिक आय ब्यय रु पचपन्न हजार पांच सयको प्रतीबेदन पेश गरेको थीयो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतीथी गाउं बिकास समितिका सामाजीक परीचालीका इच्छा मोक्तानले दलितलाई गा.बि.स.ले प्रदान गर्ने अनुदानबाट दलितको आर्थिक अबस्था बृद्धि गरीने कार्यक्रममा लगानी गर्न र सहकारी संस्थाले दलितहरुका सामुहिक आय आर्जनमा सहुलियत ऋण प्रदानगरी मनोबल बढाउन सुझाब दिए । 
-सुरेन्द्र थिंके, भीमफेदी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif