Thursday, 2nd July, 2026
वि.स.

थाहा १ मा कृषि र पर्यटनलाई जोडः– वडाध्यक्ष गोपाली

herman-1534756633.jpg

कृषि पर्यटन पुर्वाधार आर्थिक विकासको मुल आधार भन्ने थाहा नगरपालिकाको नारालाई सार्थक बनाउन थाहा नगरपालिकाको वडा नं १ ले विशेष कदम चाल्ने भएको छ । थाहा नगरपालिकाको वडा नं १ पर्यटन र कृषिको दृष्टिकोणले एकदमै उपयुक्त रहेको थम्याईका साथ वडा नं १ को कार्यालयले आफ्नो वडालाई कृषि र पर्यटनको रुपमा विकास गर्दै जाने लक्ष्यका साथ अघि बढेको छ । जस अनुरुप नै आफ्नो वडालार्ई कृषि र पर्यटकिय रुपमा विकास गर्न जोड गरिएको वडाध्यक्ष हेरमान गोपालीले बताए । 
थाहा नगरपालिकाको कृषि पर्यटन र पुर्वाधार, आर्थिक विकासको मुकल आधार भन्ने थाहा नगरपालिकाको नारालाई आफ्नो वडामा पूर्णता दिनका लागि पनि सो विषयलाई जोड दिएको उनले बताए । विकास संवाददातासँग कुराकानी गर्दै वडाध्यक्ष गोपालीले यस्तो बताएका हुन् ।
पर्यटनलाई विकास गर्न आफ्नो वडामा कुन्छाल गाउँलाई पर्यटन सहित होमस्टेको रुपमा विकास गर्ने प्रत्रियाहरु अघि बढिरहेको बताउँदै कुन्छाल गाउँको भाषा, सँस्कृति र परम्परालाई जोगाउन पर्यटन नै मुख्य आधार भएको बताए । केही समय अघि मात्रै थाहा नगरपालिकाको वडा नं १ मा रहेको कुन्छाल गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा  घोषणा भएको छ । ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन बोर्ड काठमाण्डौमा ९ असोजमा भएको एक समारोहमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले तीन नयाँ गाउँलाई पर्यटकीय गाउँ घोषणा गरेको थियो । आफ्ना वडामा भएको सम्भावनालाई अवसरको रुपमा लिँदै अघि बढ्नुपर्ने चुनौती रहे पनि सबैको साथ र सहयोगमा अघि बढ्न सकिने वडाध्यक्ष गोपालीले बताए ।
कृषिमा निरन्तर प्रविधिहरुको विकास गर्दै कृषिमा समेत आत्मनिर्भर मात्र नभई ब्यवसायिक रुपमा अघि बढाउनु नै आफ्नो मुख्य लक्ष्य भएको उनले बताए । हाल नै कुन्छाल गाउँमा दिनानुदिन पर्यटकहरुको आगमन बढ्दै गएको सुनाउँदै आफ्नो वडा पहिला कृषिमा धेरै पछाडी रहेको भए पनि हाल कृषिमा प्रविधिहरु भित्रँदै आधुनिकता तर्फ कृषि प्रणाली अघि बढ्दै गएको समेत उनले बताए । 
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।