Friday, 21st August, 2026
वि.स.

थाहा महोत्सवको तेस्रो दिन ८० लाखको कारोबार

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा भइरहेको तेस्रो थाहा महोत्सवको तस्रो दिन सोमबार ८० लाख बराबरको कारोबार भएको छ । महोत्सवमा राखिएका २ सय स्टलबाट सो रकम बराबरको कारोबार भएको स्टल व्यवस्थापक विद्यार्थी शाहले बताए । 
महोत्सवमा होटल, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी लगायत स्टलहरु राखिएका छन् । महोत्सवबाट करिब ६ करोड रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएकोमा यस पटकको मेलामा लक्ष्य भन्दा बढी कारोबार हुने देखिएको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । 
महोत्सवमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको छ ।  सोमबार ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई’ बोलका गायक रमेशराज भट्टराईले प्रस्तुती दिएर दर्शकहरुलाई उचालेका थिए । गायक मुक्तिनाथ उप्रेती र गायिका उमादेव खनालको बेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो । त्यस्तै स्थानीय कलाकारहरुको प्रस्तुती जीवन्त रहेको थियो । 
मंगलबार कलाकारहरु कमल खत्री, मिलन लामा, दिपक खड्का लगायतको प्रस्तुती रहने आयोजकले बताएको छ ।
उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गरिएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif