Thursday, 2nd July, 2026
वि.स.

थाहा महोत्सवका लागि नब्बे प्रतिशत  स्टल बुकिङ

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल विक्री भइरहेको छ । हालसम्म करिब दुई सय स्टल विक्री भइसकेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । 

‘व्यापारिक तथा प्रवर्धनात्मक गरी हालसम्म ९० प्रतिशत स्टल बुकिङ भैसकेको छ, अन्य व्यापारीहरु पनि सम्पर्कमा आइरहेका छन्,’ उनले भने । कृषि र पर्यटन प्रवर्धन स्टलसहित महोत्सवमा २ सय ५० स्टल रहने छ । कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत स्टल बुकिङ भएको संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । अटो तथा सवारीसाधन , होटल तथा रेष्टुरेन्ट, आईटी इलेक्ट्रोनिक्स÷मोवाइल, स्वास्थ्य तथा शैक्षिक परामर्श, डेरी आइसक्रिम, फेन्सी तथा कस्मेटिक , ट्याटु, बैंक तथा वित्तिय संस्था र कृषि जन्य वस्तुहरुको विक्री तथा प्रदर्शनीका लागि स्टल बुकिङ भएको छ । 

उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु¥याउन महोत्सवको आयोजना गर्न लागिएको हो महोत्सव स्थलमा विभिन्न भेषभुषा तथा लोपोन्मुख बाजागाजासहितको प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री, गैरकाष्ठ वन पैदावर प्रदर्शनी, हिमालय, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी तथा विक्री, जैविक तथा वनस्पति प्रदर्शन, रोमाञ्चकारी पैदलयात्रा, लोकदोहोरी, साँस्कृतिक कार्यक्रम तथा प्रहसनहरु, नेवारी परिकारहरुको विक्री, बालमेला तथा विविध मनोरञ्जनात्मक खेलहरुको प्रस्तुती रहने छ । 

महोत्सवको क्रममा अष्ट्रिच  र उँटको नृत्य तथा उँट चढ्ने व्यवस्थासमेत मिलाइएको आयोजक संस्थाका उपाध्यक्ष शम्भुसिं कार्कीले बताए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०