Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरसहित ६४९ स्थानीय तहमा ५/५ शैयाका कोरोना अस्पताल बन्ने

health_ministery-1598633310.jpg

स्वास्थ्य मन्त्रालयले १२ भदौमा अस्पताल नभएका ६४९ स्थानीय तहमा तत्काल ५/५ सैयाको अस्पताल बनाउने निर्णय गरेको छ। यस अन्तर्गत मकवानपुरकाे थाहा नगरसहित ९ स्थानीय तह पनि पर्नेछन् । 

स्वास्थ्यमन्त्री स्तरीय उक्त निर्णय अनुसार ती अस्पतालमा तत्काल कम्तिमा एक जना एमबिबिएस चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी रहने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। 

१२ भदाैमा भएको उक्त निर्णय अनुसार यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन्। कुन ठाउँमा अस्पताल सञ्चालन गर्ने भन्ने बारेमा निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई दिइएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६४९ स्थानीय तहमा हेल्थ पोष्ट र प्राथमिक स्वास्थ्य केन्द्र मात्र भएकाले तिनीहरूलाई स्तरोन्नती गरेर ५ शैयाको अस्पताल बनाउने निर्णय भएको बताए।

डा. गौतमका अनुसार मुलुकभरका ७५३ स्थानिय तहमध्ये १०४ वटामा सरकारी अस्पताल छन्, भने बाँकीमा हेल्थ पोष्ट र प्राथमिक स्वास्थ्य केन्द्र मात्र छन्।

“अहिले कारोनाका कारण संक्रमित बिरामी बढेका छन्। भएका अस्पतालहरू बिरामीले भरिन थालेका छन्,” उनले भने, “त्यसैले स्थानीय तहबाटै भएका स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने निर्णय भएको हो।”

स्वास्थ्य मन्त्रालयको उक्त निर्णय अनुसार केही निजी र सामूदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गरिने भएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयले कोरोनासँग सम्बन्धीत आवश्यक उपकरण औजार तथा स्वास्थ्य सामग्री खरिदका लागि शुक्रबार रु. ६४ करोड रकम समेत निकाशा गरेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif