nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरमा कक्षा पाँचसम्मको स्थानीय पाठ्यपुस्तक आइपुग्यो, यसै वर्षदेखि पढाइ हुने

pathyapustak-copy-1653652154.jpg

थाहा नगरपालिकामा चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यपुस्तक पढाइ हुने भएको छ । 

थाहानगरका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढाइ शुरु गरिने शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले जानकारी दिए ।
 
स्थानीय पाठ्यपुस्तक छपाइ भएर नगरकार्यपालिकाको कार्यालयमा आइसकेको र अहिले गुणस्तर परीक्षणमा रहेको जानकारी दिँदै उनले तुरुन्त विद्यालयसम्म पु¥याइने  जानकारी दिए । 

कक्षा १ को पाठ्यपुस्तकमा निम्न विषयवस्तु समेटिएको छ :

  • घर हाम्रो थाहा
  • चरालाई माया गर्छु
  • दामनमा हिउँ
  • डाँडाबास बजार
  • थहाका फलफूल
  • बाँसघारीमा चरा
  • चिलाउने पाउलिन्छ
  • ढिकी र जाँतो
  • कुन्छालको खाँडी
  • माना र पाथी
  • खिरको खाजा
  • चित्लाङमा अशोक चैत्य
  • ऐँचोपैँचो
  • चित्लाङमा एक रात
  • इन्द्रसरोबरमा नाउ खियाउदै
  • नैखण्डे क्षेत्रबाट हिमाल हेर्दा
  • चित्लाङ चन्द्रागिरी पदयात्रा
  • भेडे खुर्सानी खेती
  • कागती फलाऔँ
  • निगुरो तरकारी
  • थाहाका बजारहरु
  • वनमाराको उपयोग
  • मेरो बालखाता
  • हात कसरी धुने
  • मेरो हाते रुमाल
  • हाम्रा भान्सामा लसुन–प्याज
  • म त हाँस्ने गर्छु
  • सिस्नुका फाइदा
  • मिश्रित खाना खाऔँ
  • तीन मिनेट आँखा चिम्लिँदा
  • रुमाल लुकाइ
  • चम्चा दौड
  • तातो आलु
  • चीँ मुसी चीँ 
     


https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)