nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिका र थाहानगर उद्योग वाणिज्य संघको सहकार्य : घरदैलो कर शिविर शुरु

kar-1695644228.jpg

थाहा नगरपालिका र थाहानगर उद्योग वाणिज्य संघको सहकार्यमा थाहा नगरपालिकामा घरदैलो कर शिविर शुरु गरिएको छ । राज्यलाई कर तिर्नु नागरिकको कर्तव्य भएकोले यसअघिका शिविरहरुमा छुटेका र नगरपालिकासम्म आउन नसकेका करदाताहरुलाई मध्यनजर गरेर वडागत रुपमै कर शिविर शुरु गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । 

८ असोजमा थाहा नगरपालिकाको वडा नं. ३ बागेखोलाबाट घरदैलो कर शिविर शुरु गरिएको हो । बागेखोला, दम्की, चौकीभञ्ज्याङ लगायतको क्षेत्रलाई पायक पर्नेगरी राखिएको शिविरमा यसअघि छुटेका र नयाँ व्यवसायीहरु व्यवसाय दर्ता गर्न आएपछि अब सो क्षेत्रमा करिब व्यवसाय दर्ता नगराउनेहरु नरहेको कार्यक्रम संयोजक यादवजंग रायमाझीले बताए । 

घरदैलो कर शिविर सञ्चालन अघि थाहानगर उद्योग वाणिज्य संघको पहलमा उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालकहरुलाई भेटेर करको दायरामा रहे÷नरहेको एकीन गरी नरहेको भए व्यवसाय दर्ता गराउन र आवश्यक कर तिर्ने प्रयोजनका लागि शिविरमा आउन निम्ता दिइएको थियो । थाहा नगर उद्योग वाणिज्य संघले सबै वडामा आयोजना हुने घरदैलो कर शिविरको लागि संयोजकहरु तोकेको संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले बताए । 

शिविरमा आय विवरण भरी आयकरमा दाखिला, ५ लाखसम्मको पूँजी भएको उद्योग, व्यापार व्यवसाय नगरपालिकामा दर्ता, विभिन्न व्यवसाय दर्ता तथा नवीकरण, कृषि तथा पशु पंक्षी फर्म दर्ता, घर बहाल कर, बहाल बिटौली कर तथा अन्य करहरुको सेवा प्रदान गरिएको छ । 
नगरपालिका तथा थाहानगर उद्योग वाणिज्य संघका कर्मचारीहरु कर शिविरमा खटिएका छन् । अब ९ असोजमा वढा नं. ४ को दामन–सिमञ्ज्याङमा र १० असोजमा वडा नं. २ को फाँटबजार–फेदीगाउँमा घरदैलो शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको  आयोजकले जानकारी दिएको छ ।

यसैबीच थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल लगायतले घरदैलो कर शिविरको अनुगमन गरेका थिए । 

अनुगमनको क्रममा उपप्रमुख गोपालीले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा थाहा नगरपालिकाको राजश्व वृद्धि हुने विश्वास व्यक्त गरे । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गिरीले नगरपालिकाका सबै व्यवसायीहरुलाई नगरको कर प्रणालीमा जोड्न विशेष ढंगले लागिरहेको बताए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)