nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकामा स्थानीय निकाय कर्मचारी आन्लोलनले कामकाज ठप्प

स्थानीय तह कार्यान्वयन हुँदा स्थानीय निकायका कर्मचारीहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै कर्मचारीहरूले गरेको आन्दोलनका कारण मकवानपुरको थाहा नगरपालिकामा पनि कामकाज ठप्प भएको छ । केन्द्रीय कार्यक्रम अनुसार कामकाज ठप्प पारिएको नगरपालिका कर्मचारी एशोसियसन थाहा नगरपालिका इकाइ अध्यक्ष सुदर्शन पहेलीले बताए । अध्यक्ष पहेलीले भने–‘कन्द्रले गरेको निर्णय अनुसार नै आन्दोलनको कार्यक्रम तय हुन्छ, संचालन हुन्छ ।’

स्थानीय निकाय कर्मचारी संघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएन, स्थानीय निकाय कर्मचारी यूनियन र गाविस कर्मचारी संघले संयुक्त हडताल गरिरहेका छन् । २७ माघमा एक घन्टा र २८ माघमा १० देखि १ बजेसम्म काम छोडेर हड्तालमा उत्रिएका कर्मचारीहरूले १ फागुनमा पुरै देशभरका स्थानीय निकाय दिन ठप्प पार्ने कार्यक्रम तय भएको थियो । त्यस्तै १ फागुनदेखि गाविस सचिव, नगरपालिकाका कार्यकारी प्रमुख र जिविसका स्थानीय विकास अधिकारी (एलडीओ) लाई कार्यकक्षमा प्रवेश गर्न नदिने कार्यक्रम तय भएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय कार्यान्वयन गर्न संक्रमणकालीन गठन आदेशको मस्यौदा तयार गरेको छ ।

आदेशमा स्थानीय निकायका बरिष्ठ कर्मचारीलाई कनिष्ठ निजामति कर्मचारीमातहत राख्ने व्यवस्था भएको आरोप ट्रेड युनियनहरूले लाउँदै आएका छन् । अस्थाई, करार र ज्यालादारी कर्मचारीबारे पनि कुनै व्यवस्था नगरेको आरोप लगाएका छन् । आफूहरू योग्य र बरिष्ठ भएपनि स्थानीय निकायको प्रमुख बन्न नपाउने गरि गठन आदेश तयार भएको ट्रेड युनियनहरू हड्तालमा उत्रिएका हुन् ।