Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकामा सूची दर्ता खुल्यो

मकवानपुरको थाहा नगरपालिकाले आ.व. २०७४-०७५ को लागि आवश्यक पर्ने सामाग्री तथा सेवा खरिदका लागि आपूर्तिकर्ता तथा सेवा प्रदायकलाई सूचीकृत हुन आव्हान गरेको छ । नगरपालिकाले सूचना प्रकाशित गरि इच्छुक व्यक्ति, फर्म, सेवाप्रदायक र सामान आपूर्तीकर्ताको छुट्टा छुट्टै मौजुदा सूची तयार गर्ने प्रयोजनको लागि सूचना प्रकाशन गरेको जनाएको छ । 

सुचीकृत हुन चाहने व्यक्ति वा संस्थाको लागि सम्बन्धित कार्य गर्न पाउने इजाजतपत्र, स्थायी लेखा नम्बर, मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्र र आ.व.२०७३-०७४ को कर चुक्ता प्रमाणपत्र प्राप्त इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कालो सूचीमा नपरेको स्वघोषणापत्र सहित प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपीहरु त्था निवेदनमा रु.१०।– को टिकट टाँसी कार्यालय समय भित्र पेश गर्न नगरपालिकाले भनेको छ । 

सूचनाको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।