Saturday, 3rd October, 2026
वि.स.

थाहा नगरपालिकामा शिक्षक महासंघको धर्ना, पालिकामार्फत् नेपाल सरकारसमक्ष मागपत्र पेश

mag-patra-pesh-gardai-1691925822.jpg

नेपाल सरकारद्वारा प्रस्तावित विद्यालय शिक्षा विधेयकका विभिन्न बुँदाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघले थाहा नगरपालिकाको कार्यालयमा धर्ना दिएको छ ।

महासंघका पदाधिकारीहरु,  विभिन्न शिक्षक संघ–संगठनका प्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता लगायतको उपस्तिथिमा धर्ना कार्यक्रम गरिएको हो । महासंघको नगर अध्यक्ष राजाराम कार्कीको सभाध्यतामा भएको धर्ना कार्यक्रममा केन्द्रीय सदस्य गीता कार्की, जिल्ला सदस्य कृष्णबहादुर बिष्ट,  दिपक कार्की,  नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

धर्ना कार्यक्रममा शिक्षक महासंघ थाहानगर अध्यक्ष कार्कीले प्रस्तावित विद्यालय शिक्षा ऐनमा यसअघिको ३० बुँदे र ५१ बुँदे सहमतिलाई बेवास्ता गरिएकोले आन्दोलनमा जानु परेको उल्लेख गरे । सबैको माग सम्बोधन हुने गरी प्रस्तावित विधेयक ल्याउन नेपाल सरकारलाई आग्रह गर्दै महासंघले नगरपालिकासमक्ष माग पत्रसमेत पेश गरेको छ । पत्र नगरपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्लले बुझेका थिए ।

पहिलो चरणको आन्दोलनको क्रममा पालिकाहरुमा धर्ना दिएर माग पत्र पेश गरिएको शिक्षक महासंघले जनाएको छ । दोस्रो चरणमा भने नयाँ संघीय शिक्षा ऐनको मस्यौदा संसदमा दर्ता भएको पाँचौँ दिनबाट देशभरिका शिक्षक तथा कर्मचारी उपस्थित भई काठमाडौँमा लगातार वृहत् विरोध प्रदर्शन गर्ने तयारी महासंघको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif