Saturday, 15th August, 2026
वि.स.

थाहा नगरपालिकाको सहयोग, गाइलाई ‘म्याट’

ccccooowwww-1653553745.jpg

थाहा नगरपालिकाको पशु विकास शाखाले गाइका लागि म्याट अर्थात् काउम्याट उपलब्ध गराएको छ । पशु विकास शाखा शिखरकोटमा एक कार्यक्रमको आयोजना गरी तीनवटा गाई फार्मलाई म्याट उपलब्ध गराइएको शाखाकी प्राविधिक सहायक मनिषा मगरले जानकारी दिइन् ।

लामिछाने गाई तथा कृषि फार्म, डाँडाघरे बाको कृषि तथा पशुपंक्षी फार्म र रितिका कृषि तथा पशु फार्मलाई गरी ७ वटा काउम्याट उपलब्ध गराइएको हो । 

नगरपालिकाका भेटेरीनरी अधिकृत राघवेन्द्र मिश्रले फार्म सञ्चालकहरुलाई काउम्याट प्रदान गरेका थिए । 

 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif