Friday, 21st August, 2026
वि.स.

थाहा नगरपालिकाको एमआइएस अपरेटरको नतिजा प्रकाशन

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत मकवानपुर थाहा नगरपालिकाको लागि आवश्यक एम.आइ.एस. अपरेटर दुईजनाको नतिजा प्रकाशन गरिएको छ । 

थाहा नगरपालिकाले यहि १८ कार्तिकमा लिएको कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट प्राप्त प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरिएको हो । नतिजा अनुसार राजेश रानामगर र रुपक कार्की छनोट भएका छन् भने सीताराम तामाङ बैकल्पिक भएका छन् । यहि १७ भाद्रमा दरखास्त माग भएको थियो । एम.आइ.एस. अपरेटरका लागि ८ जना संक्षिप्त सूचीमा रहेकाेमा एकजना अनुपस्थित भए भने सातजना परीक्षाामा सहभागी भएका थिए ।

त्यस्तै १ जना फिल्ड सहायकको लागि भने २० कार्तिकमा अन्तरवार्ता हुने पदपूर्ती समितिले जनाएको छ । यसका लागि ३ जना उमेद्वार संक्षिप्त सूचीमा छन्। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif