Saturday, 15th August, 2026
वि.स.

थाहा–११ मा उपमेयरलाई दिएको मत सदरभन्दा बदर बढी

badar-1653218495.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर ११ मा उपमेयरलाई दिएको मत सदरभन्दा बदर बढी देखिएको छ ।

गत  ३० बैशाखमा भएको निर्वाचनमा सो वडामा १७७४ मत खसेको थियो । जसमा मतगणना गर्दा उपमेयरमा ८९२ मत बदर भएको छ भने ८८२ मत मात्र सदर भएको छ । बदर मतको सङ्ख्या सदर मत भन्दा १० मतले बढी छ । प्रतिशतमा हेर्दा थाहा ११ मा उपमेयरलाई दिएको मतमा ५०.२८ प्रतिशत बदर देखिएको छ ।

सदर ८८२ मध्ये सूर्य चिन्हले ४४९, रुख  चिन्हले ४१७ र हलो चिन्हले १६ मत प्राप्त गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif