Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहालाई च्वाइसमार्फत् एलडिएस च्यारिटिजद्वारा ५५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग 

CV-Choice-1623508991.jpg

च्वाइस ह्युमनिटिरिएन नेपाल र एलडिएस च्यारिटिजको सहकार्यमा सञ्चालित कोभिड रिलिफ परियोजनाअन्तर्गत थाहा नगरपालिकालाई अहिलेसम्मकै ठूलो परिमाणमा सहयोग गरिएको छ । एलडिएस च्यारिटिजको आर्थिक सहयोगमा च्वाइसले नगरपालिकालाई रु. ५५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो  । 

२९ जेठमा नगरपालिकालाई परियोजनाका तर्फबाट च्वाइस नेपालका   ग्रामीण विकास विषेशज्ञ कुलप्रसाद तिवारीले  स्वास्थ्य सामग्री हस्तान्तरण गरे । हस्तान्तरण  गरिएको सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, जेनेरेटर, प्यासेन्ट मनिटर बेड सिट, अक्सिजन सिलण्डिर लगायत रहेका छन् ।हस्तान्तरण कार्यक्रममा नगरपालिकाको लागि रु. ४५ लाख र आग्रा स्वास्थ्य चौकीको लागि रु १० लाख गरी रु. ५५ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको च्वाइसका ग्रामीण विकास विषेशज्ञ तिवारीले जानकारी दिए । नगरपालिकालाई हस्तान्तरण गरिएको सामग्रीहरु ४१ थरी रहेका छन् भने आग्रा स्वास्थ्य चौकीलाई प्रदान गरिएको सामग्री ३१ प्रकारका रहेका छन् । 

यो पनि पढ्नुहोस्:
विपदकाे अर्काे साथी च्वाइस नेपाल, थाहालाई स्वास्थ्य सामग्री सहयाेग

थाहामा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सहयोग पु¥याउन सामग्री प्रदान गरिएको परियोजनाले जनाएको छ । ‘एक हदसम्म सहयोग गरेका छौँ, यसले थाहामा कोरोना नियन्त्रण अभियानमा केही हदसम्म योगदान गर्छ भन्नेमा ढुक्क छौँ,’ हस्तान्तरण कार्यक्रममा बोल्दै तिवारीले भने । 
थाहा नगरपालिकालाई एउटै परियोजनाबाट यतिको परिमाणमा स्वास्थ्य सामग्री प्राप्त भएको पहिलो भएको नगर प्रमुख विष्टले बताए । ‘यो सहयोगले हामीलाई ठूलो राहत मिलेको छ, यसको पूराका पूरा सदुपयोग गर्नेछौँ’ उनले प्रतिवद्धता जनाए ।  नगरपालिकालाई एलडिएस च्यारिटिजले उपलब्ध गराएको सामग्रीहरुमा एक हजार थान एन्टिजेन किट, एक हजार थान पिसिआर भिटिएम, अक्सिजनसहितको सिलिण्डर १० थान, डेड बडी ब्याग २० थान, बेड सिट ५० थान रहेका छन् । नगरलाई अति आवश्यक परिरहेको अक्सिजन कन्सन्ट्रेटर ५ थान, प्यासेन्ट मनिटर ५ थान र २० केभिएको जेनेरेटर १ थानसमेत प्रदान गरिएको छ । 

त्यसैगरी आग्रा स्वास्थ्य चौकीलाई विविध स्वास्थ्य सामग्री प्रदान गरेर सुविधासम्पन्न बनाइएको छ । च्वाइसकै सहयोग र नगरपालिकाको सहकार्यमा रु. एक करोड ५० लाखमा आग्रा स्वास्थ्य चौकीको भवन निर्माण पूरा भएसँगै सोही कार्यक्रम र कोरोना व्यवस्थापनलाई समेत सहयोग पु¥याउन सो स्वास्थ्य चौकीलाई छुट्टै सहयोग गरिएको च्वाइस नेपालले जनाएको छ । 

आग्रा स्वास्थ्य चौकीलाई अक्सिजनसहित सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन किट, भिटिएम, पीपीइ, मास्क, गमबुट, पञ्जा, शु कभर, गगल्स, फेस शिल्ड, अक्सिमिटर, स्यानिटाइजर, थर्ममिटर लगायत ३१ प्रकारका सामग्री पठाइएको छ । 

सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपाली, च्वाइस् नेपालका घनश्याम थापा, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. शक्ति चौरसिया, नगरपालिकाका स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

फोटोहरूः

हेर्नुहोस् प्राप्त सामाग्रीको सूचीः

प्याकेज-१

प्याकेज-२



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०