Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपदकाे अर्काे साथी च्वाइस नेपाल, थाहालाई स्वास्थ्य सामग्री सहयाेग

ab5b01c516da00186bf45c4d6-1623245037.jpg

विगत लामाे समयदेखि थाहा नगरपालिकामा काम गर्दै अाएकाे च्वाइस नेपाल नगरकाे बिपदकाे साथी सावित भएकाे छ । यसअघि पनि विपदकाे समयमा सहयाेग गर्दै अाएकाे उक्त संस्थाले नगरमा काेराेना नियन्त्रणमा सघाउ पुर्याउन स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । 

च्वाइसले पछिल्लाेपटक नगरपालिकालाई पाँच सय थान काेराेना जाँच्न प्रयाेग गरिने एन्टिजिन प्रदान गरेकाे छ  । त्यसैगरी १० थान अक्सिमिटरसमेत सहयाेग गरेकाे छ । 

संस्थाका ग्रामीण विकास विषेशज्ञ कुलप्रसाद तिवारीले नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई दुबै सामग्री हस्तान्तरण गरेका हुन् । साे अवसरमा च्वाइसका तिवारीले नगरपालिकाकाे लागि केही दिनमा थप सामग्री उपलब्ध गराउने बताएका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०