nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा ४१९ ले निःशुल्क स्वास्थ्य सेवा लिए

मकवानपुर थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा  २ दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शिविरबाट पहिलो दिन ४ सय १८ जनाले निःशुल्क सेवा लिएका छन् । मध्य माञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, हेटौडा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र र भेनस अस्पतालको समन्वयमा शिविर शुरु भएको हो । 

शिविरबाट १६६ जनाले प्रसुती तथा महिला रोगको सेवा १४६ जनाले ९जनरल फिजिसियन० सामान्य रोगको सेवा, ५६ जना बाल रोगको सेवा , ५१ जना चर्म तथा यौन रोगीले निशुल्क लिएका छन् । त्यसैगरि ६६ जनाले भिडियो एक्स्रे सेवा, २९ जनाले ९ईसीजी० मुटुको जाचँ, ३९ जनाले एक्स्रे सेवा र ४४ जानले ल्याव सेवा लिएका छन् । निम्न तथा मध्यम स्तर भएकाले धेरै भन्दा धेरैले निशुल्क सेवा सुविधा लिने अपेक्षा स्वरुप २ दिनको शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । 
 
हेटौडा अस्पतालका प्रसुति तथा महिला विशेषज्ञ डा.रामकाजी महर्जन, भेनस अस्पतालका  स्नीक्दा राई, भेनसका बाल रोग विशेषज्ञ डा। अमृत घिमिरे, चर्म तथा यौन रोग विशेषज्ञ डा यलि अर्याल रजौरीया, मेडिकल अफिसर पालुङ तथा भिमफेदी प्राथमिक स्वास्थ्य केन्द्र का अफिसरहरु, रेडियोलोजिष्ट डा। सन्तोष कुमार झा, हेटौटाका अस्पतालका जनरल फिजिसियन डा। सर्वोश शर्मा भेनसका लक्ष्मी हावाले विरामीको चेकजाच गर्नु भएको थियो । 

-जनक तामाङ