nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा सुरक्षित आप्रवासन कार्यक्रमबारे अन्तरक्रिया

ssssss-1665734094.jpg

थाहा नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रमबारे स्थानीय  तहका पदाधिकारी र सरोकारवालाहरुसँग एक दिवसीय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । नगर कार्यपालिकाको हलमा भएको कार्यक्रममा वैदेशिक रोजगारीको वर्तमान अवस्था, समस्या तथा अवसरहरु, सुरक्षित आप्रवासन(सामी) कार्यक्रम, कार्यक्रमबाट प्राप्त उपलब्धीहरु तथा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सेवाहरुलाई दिगोरुपमा सञ्चालनका लागि स्थानीय सरकारहरुको पहलबारे अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा हेल्भेटास नेपालका प्रदेश कार्यालयका कार्यक्रम प्रवन्धक तरुण अधिकारी र सुशासन संयोजक भक्त राईले बैदेशिक रोजगारी, सामी कार्यक्रम र स्थानीय सरकारहरुका पहलबारे प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा थाहा नगरपालिकाका उपप्रमुख गोपालीले सामी कार्यक्रम धेरै महत्वपूर्ण रहेको औल्याउँदै कार्यक्रमलाई सहयोग गर्न कार्यपालिकाका सदस्यहरु तथा सम्बन्धित कर्मचारीहरुलाई आग्रह गरे ।

थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङले आगामी समयमा बैदेशिक रोजगारीबाट सिर्जित समस्याहरुको समाधान गर्न वडा कार्यालयको तर्फबाट बजेट विनियोजन गर्ने बताए ।

समन्वय बैठकले नगरपालिकाको संगठन संरचना संशोधन गरी छुट्टै श्रम तथा रोजगार शाखा स्थापना, श्रम तथा रोजगार कार्यविधि पारित र आवधिक योजनामा सुरक्षित आप्रवासनको विषय समेट्न कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेल, सुरक्षित आप्रवासन कार्यक्रम संयोजक अन्जिता थापामगर, रोजगार संयोजक कुमार नेगी, थाहा नगरपालिकाका विषयगत शाखा प्रमुखहरु लगायतको समेत सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)