Monday, 24th August, 2026
वि.स.

थाहामा साउनकाे पहिलाे दिनमै ७५ प्रतिशतमा काेराेना, ९ जना सङ्क्रमित थपिए

thaha-update-corona-thaha-1626452706.jpg

थाहा नगरपालिकामा साउनकाे पहिलाे दिन काेराेना परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे छ । यसले थाहा असारमाजस्तै साउनमा पनि काेराेनाबाट  जाेखिममुक्त नहुने देखिएकाे छ ।

१ साउनमा थाहानगरमा १२ जनामा परीक्षण गरिएकाेमा ९  जनामा काेराेना देखिएकाे हाे ।  सङ्क्रमण पुष्टि भएका ९ मध्ये १ नम्बर वडाका ५ जना छन् । त्यसैगरी ३ नम्बर वडामा २ जना, ४ का १ जना र ६ का १ जना रहेका छन् । 

थाहामा अहिले २१६ जना काेराेनाका बिरामी उपचारारत छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०