nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा निर्वाचन अधिकृतले गरे मतदान स्थल अनुगमन

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा रहेका मतदान स्थलहरुको अनुगमन तथा तयारी कार्यक्रम अन्तर्गत दामन, बज्रवाराही, पालुङ, टिष्टुङ चित्लाङ तथा आग्रामा कार्यक्रम भएको छ । वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनको तयारी स्वरुप कार्यक्रम संचालन गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकाका निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यको नेतृत्वमा भएको अनुगमन कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान, सहायक निर्वाचन अधिकृत त्रिलोचन निरौला, मतदाता शिक्षा स्थानीय समन्वय समिति संयोजक अनिल लामिछाने, सदस्य सचिव सुरजकुमार भुजेललगायतकाको सहभागिता रहेको थियो ।

अनुगमनको क्रममा सुरक्षाको अवस्था मजबुत रहेको भएको पनि भौगोलिक विकता भने थाहाका मतदान केन्द्रहरुका लागि चुनौति रहेको निर्वाचन अधिकृत आचार्यले बताए । निर्वाचन सुरक्षाका लागि दु्रत व्यवस्थापनको कार्य भइरहेको प्रहरी निरीक्षक पासवानले बताए । अनुगमनको क्रममा मतदाता शिक्षा प्रभावकारी रुपमा संचालन भइरहेको पाईको मतदाता शिक्षा स्थानीय समन्वय समिति संयोजक लामिछानेले जानकारी दिए । 

थाहा नगरपालिकामा २१ मतदान स्थल रहेका छन् भने २७ हजार ६६७ मतदाता रहेका छन् ।