Thursday, 20th August, 2026
वि.स.

थाहामा टोल-टोलमै निःशुल्क स्वास्थ्य शिविर, २८ जनामा मोतियाबिन्दु

मकवानपुरको थाहा नगरपालिकाले गाउँ टोलमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमै समावेश गरी यस्तो कार्यक्रम संचालन गरेको हो । ज्येष्ठ नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरी उपचारमा सहज बनाइएको थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । 

नगरमा ९ फागुनमा एकैपल्ट तीन ठाउँमा संचालन भएको शिविरमा ८ सय ३७ जनाले स्वासथ्य परीक्षण गराएका छन् । शिविरमा तिलगंगा आँखा केन्द्र थाहा नगरपालिकाको स्थापनाको अवसरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरबासीहरुको निःशुल्क आँखा जाँच पनि गरिएको छ ।  थाहा नगरपालिकाको वडा नं. ६ बज्रवाराही, वडा नं. १० को टौखेल र वडा नं. ११ को नौखण्डेमा भएको शिविरमा ४ सय ५० जनाले आफ्नो विभिन्न रोगहरुको परीक्षण गराएका थिए भने सो ३ सय ८७ जनाले आँखा मात्र परीक्षण गराएका थाहा नगरपालिकाका स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

थाहाको बज्रवाराहीमा भएको शिविरमा डा. आशा श्रेष्ठ, टौखेलमा डा. प्रतिज्ञा भण्डारी र नौखण्डेमा डा. मोनिस्मा मल्लको नेतृत्वमा ज्येष्ठ नागरिकहरुको स्वासथ्य परीक्षण गरिएको थियो ।  नगरपालिकाको ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत भएको निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । 

शिविरमा बज्रवाराहीमा १०, टौखेलमा ११ र टिष्टुङमा ७ गरी  परीक्षणमा २८ जनामा मोतियाबिन्दु भेटिएको छ । उनीहरुको थाहानगर स्थित आँखा केन्द्रमा निःशुल्क अप्रेशन हुने हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिए । 




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०