Wednesday, 19th August, 2026
वि.स.

थाहामा जुवाकै खालबाट जनप्रतिनिधि सहित १० पक्राउ

huwade-1534040106.jpg

थाहा नगरपालिका वडा नं. १ ओखरबजारस्थित सयपत्री होटलमा तास खेल्दै गरेका अवस्थामा जनप्रतिनिधिसहित १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २ लाख २७ हजार ८ सय १५ रुपैयासमेत बरामद गरिएको पालुङ प्रहरीले जनाएको छ । तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङको ठूलो टोली शनिबार दिउँसो सयपत्री होटल पुगेको थियो । पक्राउ पर्नेमा जयराम श्रेष्ठ, सुन्दर प्रधान, केदार कार्की, चन्द्रबहादुर गोले,  बिरसिंह गोले, धनबहादुर गोले, सुब्बा गोले, सलामदिन मियाँ, सोम तामाङ र धन बहादुर गोले रहेका छन् ।

पक्राउ परेका मध्ये सुन्दर प्रधान थाहा–१ का वडा सदस्य हुन् भने धनबहादुर गोले थाहा ११ का सदस्य हुन् । पक्राउ परेकाहरु सबैलाई कानून बमोजिम कारबाही हुने मकवानपुरका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले बताए ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif