nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर : शिक्षकहरुका लागि योग–ध्यान तालिम शुरु

Screenshot-2023-09-04-090-1693797495.png

थाहा नगरपालिकाका शिक्षकहरुका लागि योग, ध्यान र साधना तालिम १८ भदौ सोमबारबाट शुरु भएको छ । सात दिनसम्म सञ्चालन हुने तालिम सोमबार विहान ६ बजेबाट जेसीज सभा हलमा शुरु भएको हो ।

थाहा नगरपालिकाका विद्यालयहरुमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले पहिलो चरणमा थाहाका १,२,३,४,७ र ८ का सार्वजनिक विद्यालयका शिक्षकहरुको सहभागितामा तालिम शुरु गरिएको थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले थाहाटाइम्सलाई जानकारी दिए ।

पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी २९ जनाको सहभागिता रहेको छ । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा विद्यालयहरुमा नियमित रुपमा विद्यार्थीहरुलाई योग ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो ।

शिक्षकहरुलाई तालिम दिएर उनीहरुमार्फत् विद्यार्थीहरुलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ । 

विद्यार्थीहरुलाई योग, ध्यान र साधनामार्फत् अनुशासित र कर्तव्यनिष्ठ बनाई मानव मूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले बताए । 

तालिमका सहाभागीहरुलाई योग गुरु राजन बिडारीले प्रशिक्षण दिइरहेका छन् । तालिमको संयोजन सुनौलो सामुदायिक सिकाइ केन्द्रले गरिरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)