Saturday, 22nd August, 2026
वि.स.

थाहानगर विपद व्यवस्थापन कोषमा एकैदिन १ लाख ८५ संकलन, क्वारेनटाइन संचालन गरिने

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि थाहा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा एकैदिन १ लाख ८५ हजार ५ सय ७५ रुपियाँ थप भएको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिवालयको बैठकमा उक्त रकम संकलन भएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । १२ चैतमा थाहा नगरपालिकाले ४० लाख रुपियाँ विपद व्यवस्थापन कोषमा राखेको भोलिपल्टै थाहा नगरपालिकाका कर्मचारीहरुले एकमुष्ट १ लाख रुपियाँ दिएका छन् । त्यस्तै हिमालयन बोर्डिङ स्कूल थाहा नगरपालिका वडा नम्बर ४ को तर्फबाट संगम कार्कीले ५० हजार ५० रुपियाँ, थाहा नगरपालिका वडा नम्बर २ का अच्युतम प्रसाद ढकालले २५ हजार ५ सय २५ रुपियाँ र आफ्नो जन्मदिनको अवसरमा थाहा–२ कै नवराज लामाले १० हजार रुपियाँ कोषका लागि दिएका हुन् । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिवालय थाहा नगरपालिकाको बैठकमै उपस्थित भएर उनीहरुले सहयोग रकम तथा चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई प्रमुख प्रशासकीय अधिकृत हरिालाल पुरीले धन्यवाद दिए । प्रशासकीय अधिकृत पुरीले स्वतस्फूर्त रुपमा आएको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा ठूलो योगदान मिल्ने आशा व्यक्त गर्दै आम नागरिकलाई यस अभियानमा सहभाग िहुन आग्रह गरे । 

अच्युतम प्रसाद ढकाल

यसैबीच थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको ॐ अध्याय रिट्रिट रिसोर्टको २८ वटा कोठामा कोरोनाको जोखममा रहेका विरामीलाई राख्नको लागि क्वारेन्टाइन बनाउन निर्णय सहित कोठा र स्थान उपलब्ध गराएकोमा रिसोर्ट व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरेको छ । क्वारेन्टाइन संचालनको लागि १३ चैतमै सम्झौता भएको छ । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र रिसोर्ट संचालक ललितसिंह ठकुरीबीच सम्झौता भएको हो । 

बैठकले क्वारेन्टाइन संचालनका लागि आवश्यक डाक्टर, स्टाफ नर्स, अनमी तथा अन्य कर्मचारीहरुको व्यवस्थापनको गरिएको छ । दुईदिन भित्र क्वारेन्टाइन संचालन गर्ने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । बैठकले थाहा नगरपालिका क्षेत्र भित्रका धार्मिक स्थल (मन्दिर चर्च) लगायतका क्षेत्रमा धार्मिक कायृक्रम संचालन गर्न निषेध गर्ने र नियमित पुजापाठ लगायत गर्नैपर्ने भएमा पुजारी÷पाष्टरबाट मात्रै गर्न अनुरोध गर्ने निर्णय गरेको छ । सचिवालयको बैठकले कोरोना भाइरस सम्बन्धी सचेतनामुलक सन्देशको माइकिङ वडा कार्यालय मार्फत गराउने निर्णय गरेको छ । 

बैठकले थाहा नगरपालिकाको खाद्यन्न पसलहरुको मौज्दात बजार व्यवस्थापन समितिहरु मार्फत संकलन गर्ने, विदेश तथा नगर भन्दा बाहिरबाट थाहानगरमा भित्रिएका नागरिकहरको स्क्रेनिङ गर्ने तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काउन्सिलिङमा सहकागी हुन स्वासथ्य संस्थाहरुलाई पत्रचार गर्ने निर्णय गरेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif