nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर : नयाँ जनप्रतिनिधिलाई स्वागत, निवर्तमान जनप्रतिनिधिलाई विदाइ

thaha-swagat-1653035864.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत् थाहा नगरपालिकामा आगामी ५ वर्षका लागि नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएपछि उनीहरुलाई नगरसभा सदस्यको रुपमा स्वागत गरिएको छ ।

थाहानगरस्थित जेसीज सभा हलमा आयोजित कार्यक्रममा उपपेयर, वडा अध्यक्ष तथा सदस्यहरुको सपथसँगै जनप्रतिनिधिहरुलाई स्वागत गरिएको हो । नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुबहादुर विष्टले उमपेयरसहित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए भने कार्यवाहक मेयर खड्गबहादुर गोपालीले नव निर्वाचित प्रतिनिधिहरुलाई स्वागत गरेका थिए ।

थाहा नगरपालिकाका कार्यवाहक मेयर गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका निवर्तमान् मेयर लवशेर विष्ट, नेकपा एमालेका थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, थाहा ६ का निवर्तमान वडा अध्यक्ष शशिधर सुवेदी, थाहानगर उद्योेग वाणिज्य संघका अध्यक्ष कविराज खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सञ्चालन गरको कार्यक्रममा निवर्तमान् जनप्रतिनिधिहरुलाई मायाको चिनोसहित विदाइ गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)