Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर आग्राको ठुलाेबेसी फाँटमा रोपाई रौनक (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहा नगरपालिका तरकारी खेतीको उर्वर भूमीको रुपमा प्रसिद्धि कमाएका ठाउँ हो । तर, यहाँको रैथाने बाली धान खेती नै हो, मकै बाली नै हो । वि.सं. २०५० सालयता तरकारी खेती गर्ने किसानहरुको संख्या बढ्दै गएको हो । 

तरकारी खेतीको मात्रा बढ्दै जाँदा रोपाई गर्ने किसानको संख्या घट्यो । यद्यपि धान रोपाई गर्नै भने छाडिएको छैन । तर, असार १५ मा थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीसंग धान दिवस मनाउने सम्बन्धमा कुराकानी गर्दा धान लगाउने किसानहरु खासै नभएकोले नमनाइएको प्रतिक्रिया दिए । दिवस मनाउन पैसा नै त चाहिन्न, किसानसंग कृषि प्राविधिक खेतमै पुगेर पनि मनाउन सकिने यससंग सम्बन्धीत व्यक्तिहरु बताउँछन् । 

थाहानगरमा बज्रवाराही, चित्लाङ र आग्रा क्षेत्रमा रोपाई गरिन्छ । असार १५ मा यसपालि पनि भकारी बाँधे अर्थात रोपाई गरे । 

हेर्नुहोस्: आग्राको आकाशे फाँटको रापाईः



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।