Monday, 24th August, 2026
वि.स.

थाहानगर आग्राका ११ सहित ४१ जनाको पुनःपरीक्षणका लागि भरतपुर पठाइयो

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका ४७ जनाको पुनः स्वाब परिक्षणको लागि भरतपुर पठाईएको छ ।

थाहा नगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित बालकसँग सम्पर्कमा रहेका भनिएका ११ जना सहित ४१ जनाको स्वाबलाई पुन परिक्षणको लागि भरतपुर पठाईएको कोरोना आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले बताए । हेटौँडाबामा परिक्षण गर्दा केहि प्राविधिक समस्या देखापरेपछि ति स्वाबहरुलाई भरतपुरको कोभिड १९ प्रयोगशाला पठाईएको हो । ६ जेठ बेलुकीसम्म रिर्पोट आउने बताइएको छ । 

हेटौँडामा परिक्षण गर्दा नेगेटिभ आएको जानकारी सामजिक विकास मन्त्रालय श्रोतले हिजो दिएको भएपनि प्राविधिक समस्या देखापरेपछ ति स्वाबहरुलाई पुन परिक्षणको लागि भरतपुर पठाईएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif