Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरलाई १५ शैथ्याको अस्पताल निर्माण गर्न १ करोड बजेट 

मकवानपुर थाहा नगरपालिकालाई १५ शैथ्याको अस्पताल निर्माणका लागि बजेट निकासा भएको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्न लागि १ करोड रुपियाँ बजेट निकासा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर प्रसाद काफ्लेले बताए ।  

मकवानपुरमा थाहा नगरसहित ४ स्थानीय तहमा स्वास्थ्य संस्था स्तरोन्नती गरी अस्पताल निर्माण गर्न बजेट निकासा भएको लेखा अधिकृत काफ्लेले बताए । कैलाश गाउँपालिकाको कालिकाटार स्वास्थ्य चौकीलाई १० शैथ्या र राक्सिराङको खैराङ स्वास्थ्य चौकीलाई १० शैथ्यामा स्तरोन्नती गर्नका लागि ८५/८५ लाख रुपियाँ अर्थ मन्त्रालयले निकासा गरिसकेको छ । त्यस्तै इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पताल निर्माणका लागि ७० लाख रुपियाँ अर्थले बजेट पठाएको छ । 

गत २८ साउनमा भएको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको ५, १० तथा १५ शैथ्या अस्पतालको लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भैसकेको स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अधिकृत सुर्य बहादुर खड्काले जानकारी दिए । यहि कार्तिक मसान्तसम्म अस्पताल निर्माण प्रक्रिया अघि बढाइसक्नूपर्ने अधिकृत खड्काले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृत आधारभूत अस्पताल भवन निर्देशिका २०७७ बमोजिम अस्पताल निर्माण गर्नुपर्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य भवन पुर्वाधारको डिजाइन निर्माण सम्बन्धी निर्देशिका बमोजिम निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गरेको छ । 

चालु आर्थिक वर्षमा देभरका २ सय ६४ स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेट प्राप्त भएको छ । 
 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०